काठमाडौं: राजधानीको कमलादीमा गत बुधबार साँझ भएको गोली काण्डमा प्रहरी नियन्त्रणमा रहेका भारत पञ्जाव लुधियाना घर भएका जसवन्त सिंह र देवेन्द्र सिंह कुनै पनि अपराधिक गतिविधि गर्ने उदेश्यले नेपाल नआएको खुलेको छ।
भारतीय पीबी १० एफएस ७४४९ नम्बर प्लेटको निजी कार लिएर नेपाल आएका उनीहरु नेपाल घुम्न आएको खुलेको हो।
प्रहरीले निजका साथबाट बरामद गरेको पेस्तोल लाइसेन्स प्राप्त भएको देखिएको छ। अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने 'उनीहरुले तीनवटा हतियार राख्ने अनुमति लिएको देखियो जसमा एउटा नेपाल आउँदा लिएर आए।'
हेरिटेज प्लाजास्थित एक रेष्टुरेन्टमा केटी र खाजा खाएको बिलको बिषयमा झगडा भएपछि उनीहरुले हवाई-फायर गरेका थिए। पक्राउ परेका सिंह भारत लुधियानाका जमिनदार भएकाले उनले सुरक्षाको कारण देखाउँदै हतियार राख्ने अनुमति लिएको देखिएको प्रहरी स्रोतले जनाएको छ।
पक्राउ परेका सिहंद्वय माथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रविन्द्र धानुकले बताए।