PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

झापाबाट सुरु भयो ‘अमेरिका बोइज’को छायांकन, कहिले हुन्छ रिलिज?



पहिलोपोस्ट

झापाबाट सुरु भयो ‘अमेरिका बोइज’को छायांकन, कहिले हुन्छ रिलिज?

काठमाडौं: फिल्म ‘अमेरिका बोइज’ युनिट छायांकनका लागि फ्लोरमा निस्किएको छ। आइतबार झापामा क्यामेरा पूजा गर्दै छायांकन सुरु भएको हो।

छायांकनसँगै फिल्मको रिलिज टार्गेट सार्वजनिक भएको छ। फिल्म बैशाख १४ गते रिलिज हुने भनिएको छ। फिल्मका निर्मात प्रकाश भूजेलले झापामा करिब १४ दिन सुटिङ हुने बताएका छन्। ‘बाँकी छायांकनका लागि टिम काठमाडौं फर्कन्छौं।‘



इन्द्र प्रसाद खरेल क डम्बर चन्दले निर्माण गर्न लागेको फिल्मलाई विवेक पाण्डेले लेखेका हुन्। तीनजना साथीको गल्तिबाट सिर्जना हुने अप्ठ्याराहरु फिल्मको मुख्य विषय हो। अर्पण थापा, अभय बराल र आशिष प्रसाईं मुख्य तीन पात्र हुन्। अन्य कलाकार सुनिल थापा, हरिहर शर्मा, सन्दिप क्षेत्री, कामेश्वर चौरासिया, श्रृष्टी कार्की, मनिश राउत, रुबी राणा, सुवास गजुरेल, शरदा गिरी लगायतको पनि अभिनय रहनेछ।

डार्क कमेडी जनराको फिल्मलाई प्रवेश पौडेलले निर्देशन गर्दैछन्। अमेरिका बोइजलाई आलोक शुक्लाले खिच्नेछन्। दीपक आर्जे, जयन वाइबाले फिल्मको लागि संगीत दिंदैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell