PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

सकियो 'फिल्म साउथ एसिया २०१७', कुन डकुमेन्ट्रीले जित्यो कुन अवार्ड?



पहिलोपोस्ट

सकियो 'फिल्म साउथ एसिया २०१७', कुन डकुमेन्ट्रीले जित्यो कुन अवार्ड?

काठमाडौं: २ नोभेम्बरबाट सुरु भएको 'फिल्म साउथ एसिया २०१७' आइतबार सकिएको छ। तीन दिनमा कुल ६३ डकुमेन्ट्री देखाइएको मध्य ४५ डकुमेन्ट्री पाँच फरक उपाधीका लागि प्रतिस्पर्धामा थिए।

महोत्सवमा 'रामबहादुर बेस्ट फिल्म अवार्ड' दुई डकुमेन्ट्रीले संयुक्त रुपमा जिते। दुई हजार अमेरिकी डलर पुरस्कार रहेको उपाधी इन्डियाको तुसार माधव र सार्भिक कौर निर्देशित 'सोज: अ ब्यालेड अफ मालाडिज' र श्रिलङ्काको जुड रत्नम निर्देशित 'डेमोन्स इन प्याराडाइज'ले जितेका हुन्। त्यस्तै 'जुरी अवार्ड' एक हजार अमेरिकी डलर पुरस्कार सहित 'सेपहर्डस् अफ द ग्लेसियर्स'ले जित्यो। डकुमेन्ट्रीलाई स्टाटजिन दोर्जाइ गोआ र किस्टियन मोडलेटले बनाएका हुन्।

'तारिक मसुद बेस्ट डेब्यु'को उपाधी भारतकै रासन पिया'ले पायो। एक हजार अमोरिकी डलर सहित निर्देशक निहारिका पोप्ली पुरस्कृत भइन्। युनिसेफले प्रदान गरेको बालबालिका विशेष 'बेस्ट फिल्म'को उपाधी 'फायरफ्लाइज इन द एविस'ले जित्यो। महोत्सवको ओपनिङ डकुमेन्ट्री समेत रहेको ८८ मिनेट लामो फिल्मले मेघालय कोयला खानीमा काम गर्ने नेपाली मजदुरको जीवनकथा देखाउँछ। चन्द्र शेखर रेडीले फिल्मका लागि एक हजार अमेरिकी डलर प्राप्त गरे।

पाँच सय अमेरिकी डलर पुरस्कार सहित म्यानमारको काइ न खाम निर्देशित '३२ सोल्स'ले 'बेस्ट स्टुडेन्ट फिल्म अवार्ड' प्राप्त गर्यो। डकुमेन्ट्री प्रतियोगिताको लागि नेपाली प्रकाशक कुन्दा दिक्षित, पाकिस्तानी फिल्मकर्मी फरदाज नबी र भारतिय पत्रकार राजाश्री दासगुप्ता निर्णायक रहेका थिए।

डकुमेन्ट्री फेस्टिभल बारे फिल्म साउथ एसियाका प्रमुख कनकमणी दिक्षितले भने,'दक्षिण एसियामा बनेका यो गुणस्तरको डकुमेन्ट्रीहरुको लागि सम्पूर्ण स्वतन्त्र डकुमेन्ट्री मेकरहरुलाई धन्यवाद। यी फिल्महरु अन्य वृत्तचित्र महोत्सवहरुमा देखाइनु पर्छ।'

फेस्टिभलकी निर्देशक रहेकी मितु वर्माले आफूलाई दर्शकहरुको उत्सहाजनक सहभागिताले सकारात्मक उर्जा थपेको जनाइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell