PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

पर्सामा ‘शत्रु गते’ युनिट, रहनेछन् स्थानिय कलाकार पनि



राधेश्याम पटेल

पर्सामा ‘शत्रु गते’ युनिट, रहनेछन् स्थानिय कलाकार पनि

वीरगंज: फिल्म ‘शत्रु गते’ युनिट यति बेला पर्सामा छन्। फ्लोरमा निस्किएको हास्य कलाकार टोली पर्साको उत्तरी भेग बागवन्नामा छयाकंनका लागि पुगेका हुन्। 

मह सञ्चारको प्रस्तुति तथा हास्य कलाकार किरण केसी निर्मित फिल्मका लागि युनिट डेढ सातादेखि विरगंजमा छ। फरक सेटिङमा छायांकनको अनुभव बटुल्न पाउँदा निकै रोचक लागेको फिल्मका निर्देशक प्रदीप भट्टराईले बताए। ‘तराई भूगोलको मौलिकता खिच्न पाउनु खुशीको कुरा हो।‘ फिल्मको विषय बारे जानकारी दिंदै भने,’जीवनमा कुनै न कुनै दिन खराब अवस्था भोग्नु पर्छ। शत्रु गतेको कथा पनि फिल्मका चरित्रहरुसँग त्यसै अनुरुप घुम्छ। पात्रहरुले कसरी खराब अवस्थाको सामना गर्दै अगाडी बढ्छन् त्यही मुख्य विषय हो।‘ फिल्म जात्रा निर्देशक प्रदिप भट्टराई महासंचारको टेलिश्रृङ्खला एवं फिल्ममा निर्देशकको रुपमा काम गर्दै आएका छन्।

फिल्मको लगानी करिव २ करोड रहेको निर्माण युनिटको दाबी छ। फिल्मको रिलिज टार्गेट चैत ७ गते बताइएको छ। मह सञ्चारले १७ वर्षपछि फिल्म प्रस्तुत गर्न लागेको हो। ५० दिन लामो हुने छायांकन विरगञ्जसँगै काठमाडौंमा पनि हुनेछ।

फिल्मलाई रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कंसकार, दीपकराज गिरी, दीपाश्री निरौला र शिवहरी पौड्यालले संयुक्त लगानीमा निर्माण गरेका हुन्। हरिवंश आचार्यको कथा रहने फिल्ममा दीपकराज गिरी र प्रदिप भट्टराईले पटकथा लेखेका हुन्। संवाद लेखनमा पनि प्रदिप भट्टराईले हरिवंश आचार्यलाई सहयोग गरेका छन्। फिल्म युनिटले आउँदो चैत ९ गते रिलिज टार्गेट गरेको छ।

फिल्ममा स्थानिय कलाकारहरू नन्दु श्रीवास्तव, राम यादव, मुखलाल साह लगायतको पनि रहनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell