PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

बाढी पहिरो प्रभावितका लागि विशेष योजना ल्याउने मन्त्रिपरिषद बैठकको निर्णय



पहिलोपोस्ट

बाढी पहिरो प्रभावितका लागि विशेष योजना ल्याउने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौँ :  सरकारले पछिल्लोपटक मुलुकका विभिन्न भूभागमा आएको बाढी पहिरो प्रभावितका लागि विशेष योजना ल्याउने भएको छ। 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद बैठकले २०७४ सालमा विशेषगरी तराई क्षेत्रमा आएको बाढी पहिरोबाट प्रभावितलाई विशेष योजना ल्याउने निर्णय गरेको हो। 

योजनाबारे अर्थ मन्त्रालयले जतिसक्दो चाँडो सार्वजनिक गर्ने अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। त्यसैगरी सरकारले ग्रामीण पहुँच सुधार परियोजना (रुलर कनेक्टिभिटी इम्प्रुभमेन्ट प्रोजेक्ट)का लागि एशियाली विकास बैंकबाट एक सय मिलियन डलर ऋण सहायता प्राप्त गर्नेसम्बन्धी सम्झौतामा वार्ता गर्नका लागि वार्ता टोली गठन गरेको छ।

बैठकले रक्षा सचिवमा विनोद केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell