PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

विराटनगरलाई प्रादेशिक राजधानी बनाइन्छ : महेश आचार्य



पहिलोपोस्ट

विराटनगरलाई प्रादेशिक राजधानी बनाइन्छ : महेश आचार्य

विराटनगर :  नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले मुलुकको समृद्धिका लागि राष्ट्रिय विकासको एजेण्डामा नेपाली कांग्रेस राष्ट्रिय सहमतिका साथ अगाडि बढ्ने बताएका छन्। 

नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा आचार्यले लोकतन्त्र र मानवअधिकारको संरक्षणका साथै हिमाल, पहाड र तराईलाई खण्डित हुन नदिन ठोस् रणनीतिका साथ नेपाली कांग्रेस निर्वाचनमा होमिएको स्पष्ट पारे। 

मोरङ क्षेत्र नम्बर चारका प्रतिनिधि सभा सदस्यको उम्मेदवारसमेत रहेका नेता आचार्यले प्रादेशिक राजधानी विराटनगरलाई बनाउने साझा संकल्पका साथ अगाडि बढ्ने बताए। 

आचार्यले सोहीअनुरुप विराटनगरको पूर्वाधार निर्माणका लागि सुहाउँदो सडक सञ्जाल, पाँच वर्षमा रंगशालाको पूर्णता दिने, सभागृह निर्माण, अस्पतालमा सुधारका साथै चीनसम्म सडक विस्तारका लागि विराटनगर–किमाथान्का सडक निर्माणमा जोड दिने बताए। 

अर्का केन्दीय सदस्य एवं मोरङ क्षेत्र नम्बर दुईका उम्मेदवार डा. मीनेन्द्र रिजालले ‘कांग्रेसको नेतृत्वमा शान्ति र संविधान, कांग्रेसको नेतृत्वमा समृद्धि र अभियान’ मूलनाराका साथ कांग्रेस निर्वाचनमा होमिएको प्रसंग उल्लेख गर्दै मोरङको क्षेत्र नं–२ लाई राष्ट्रिय पहिचानको क्षेत्र बनाउने उद्घोष गरे।

मधेशी, पहाडी र जनजातिलाई जोड्ने पार्टीको रुपमा नेपाली कांग्रेस रहेको भन्दै उनले मधेशीलाई विदेशी देख्ने राष्ट्रवादलाई रोक्नुपर्ने बताए।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell