A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6a9235ef0cd9c2.37514797): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6a9235ef0cd9c2.37514797,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

सर्पदंशको औषधि नेपालमै बन्ने, वार्षिक १ अर्बको औषधि विदेश निर्यात गर्ने लक्ष्य
PahiloPost

Aug 29, 2026 | १३ भदौ २०८३

सर्पदंशको औषधि नेपालमै बन्ने, वार्षिक १ अर्बको औषधि विदेश निर्यात गर्ने लक्ष्य



सागर बुढाथोकी

सर्पदंशको औषधि नेपालमै बन्ने, वार्षिक १ अर्बको औषधि विदेश निर्यात गर्ने लक्ष्य

काठमाडौँ :   निजी क्षेत्रको सक्रियतामा नेपालमै  पहिलोपटक सर्पदंशको औषधि उत्पादन हुने भएको छ। एन्टि स्नेक भेनम रिसर्च एण्ड म्यानुफ्याक्चरिङ  कम्पनीले सरकारसँग औषधि उत्पादन गर्न इजाजत लिइसकेको बताएको छ।

कम्पनीका अध्यक्ष लक्ष्मीप्रसाद फुयाँलले औषधि उत्पादन गर्नका लागि कानुनी बाटो खुलेको बताए। तीन वर्षअघि स्थापना भएपनि कानुनी झन्झटको कारण अहिलेसम्म काम गर्न नसकेको उनले उल्लेख गरे।

उनले भने, ‘सरकारबाट इजाजत पाइसकेका छौँ। भवन निर्माणको नक्सा पास भइसकेको छ। औषधि बनाउने कच्चा पदार्थको अभाव छैन। अबको दुईदेखि तीन वर्षभित्रमा नेपालमै औषाधि उत्पादन हुन्छ।’

हाल नेपालमा वार्षिक  तीस हजार भाएल अर्थात् ४ करोड रुपैयाँ बराबरको सर्पदंशको औषधि सरकारले विदेशबाट आयात गर्ने गरेको छ।

नेपालमा १५ लाख भाएल अर्थात् १ अर्ब ५३ करोड बराबरको औषधि उत्पादन गर्न सकिने फुयाँल बताउँछन्। भन्छन्, ‘नेपालमा ५३ करोड रुपैयाँ बराबरको औषधिले पुग्छ। बाँकी औषधि हामी विदेश पठाउन सक्छौँ।’

८८ करोड ६३ लाख रुपैयाँको लगानीमा सर्पदंश औषधि उत्पादन कम्पनी स्थापना हुन लागेको फुयाँलले बताए। कम्पनीले चार सय भन्दा बढी दक्ष प्राविधिकलाई रोजगारी दिने र वार्षिक १ अर्ब बराबरको विदेशी मुद्रा नेपाल भित्राउने लक्ष्य लिएको फुयाँल सुनाउँछन्।

सर्पदंश औषधि कम्पनी सुनसरीमा स्थापना हुनेछ। सर्पदंशको औषधि विश्वमै अभाव भएकाले नेपालबाट विश्वमा निर्यात गर्ने योजना सफल हुने  फुयाँल बताउँछन्।

भन्छन्, ‘सरकारले सकरात्मक सहयोग गर्ने हो भने नेपालले छोटो समयमा ठूलो फड्को मार्नेछ। किनकी, अन्य देशमा उत्पादन भएको औषधिभन्दा नेपालमा उत्पादन हुने औषधि सस्तो र गुणस्तरीय हुनेछ। हामीले  विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार काम गरेका छौँ। हाम्रो औषधि विश्वकै नम्बर वान बन्नेछ।’

सर्पदंशको औषधि बनाउन सर्पकै विष निकाल्नुपर्ने हुन्छ। सर्पबाट विष निकालेर घोडामा इन्जक्ट गरेपछि औषधि बन्छ। सोही कारण सर्प संरक्षणामा पनि ध्यान दिएको फुयाँल बताउँछन्। औषधि बनाउने स्रोत साधन, प्राविधिक नेपालमै भएको कारण चाँडै सफल हुने फुयाँलले बताए।



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell