PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

वाम गठबन्धनले विपक्षीको दिमाग अहिलेसम्म ठेगानमा आएको छैन : प्रचण्ड



राजेन्द्र आचार्य

वाम गठबन्धनले विपक्षीको दिमाग अहिलेसम्म ठेगानमा आएको छैन : प्रचण्ड

चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम गठबन्धनले अन्तर्राष्ट्रिय जगतमा तरंगसँगै आतंक फैलिएको बताएका छन्।

चितवनको कुष्णपुरमा ओयोजित वाम गठबन्धनको निर्वाचन परिचालन कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले वाम गठबन्धनले राष्ट्रको हित गर्ने बताए।

‘वाम गठबन्धनले अन्तर्राष्ट्रिय तरंग र विपक्षीको दिमाग अहिलेसम्म ठेगानमा आएको छैन, यो वाम गठबन्धनका लागि एभरेज भन्दा बाहिर गएर ड्याङ्ग हस्ताक्षर गरिदिएपछि राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा तरंग ल्याईदिएको हो।’

उनले वाम गठबन्धन र एकताको कुराले विग्रन लागेको कांग्रेसलाई सच्याउँदै उसकोे पनि हित गर्ने दाबी गरे।

उनले भने,‘अब कम्युनिष्टहरु एक भए, राम्रो काम गरेनौँ भने जनताले हामीलाई पनि टेर्दैनन्, राम्रो काम गर्न प्रेरित गर्नु भनेको त कांग्रेस पनि सच्चिनु हो।’

प्रचण्डले काग्रेसलाई बिपी, गणेशमान र गिरिजावावुको आदर्शलाई आत्मसाथ गरेर अगाडि बढ्न पनि आग्रह गरे।२० औं शताव्दीका माओ र लेनिन्को मोडेललेसमेत काम गर्न छोडेको भन्दै प्रचण्डले नयाँ समाजवादको मोडेल नेपालवाट सुरु हुने बताए। 

'गौतम बुद्धले शान्तिको सन्देश दिएको भूमि यही हो, प्रचण्डले भने,‘हामीले पनि यहि भूमिबाट समाजवादको नयाँ मोडेल दिन सक्छौं।’

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell