PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

फिल्म ‘झ्यानाकुटी’को कलेज पब्लिसिटी



पहिलोपोस्ट

फिल्म ‘झ्यानाकुटी’को कलेज पब्लिसिटी

काठमाडौं: फिल्म ’झ्यानाकुटी’ युनिट राजधानीको विभिन्न कलेजमा प्रचारको लागि पुगेको छ। अभिनेता सौगात मल्ल, अभिनेत्री बेनिशा हमाल, निर्मात्री तथा अभिनेत्री निशा अधिकारी लगायत टिम आइतबार मित्रपार्कको टेक्सस इन्टरनेशनल कलेज र चाबहिलको के युसिटी कलेज पुगेका हुन्।

प्रचार कार्यक्रममा विधार्थीले कलाकारसँग फिल्म सम्बन्धी अन्तरक्रिया गर्नुका साथै झ्यानाकुटी फोटो कन्टेस्टको लागि माग गरिएको झै पार्टनर उचाले फोटो समेत खिचाए। कलेजमा पुगेको फिल्म युनिटले विशेषगरी बाल विवाहको मुद्दामाथि छलफल गरे। 



निर्माता नीशा अधिकारीले भनिन्,’फिल्मले विवाहित जोडीको यस्तै कथा प्रस्तुत गर्छ त्यसैले बाल विवाह बारे छलफल गरेका हौं।‘ उनले विद्यार्थीहरु नेपाली फिल्म बारे अपडेटेड रहेकोमा आफूलाई निकै खुसि लागेको बताइन्। सौगात मल्लले भने कलेका विद्यार्थीहरुबाट फिल्म क्षेत्र बारे बुझ्न पाउँदा आफूले नसोचेको पक्ष थाहा पाएको बताए। भने,’युवापुस्ताले फिल्ममा के अपेक्षा गर्नुहुन्छ सुन्न पाउँदा आफुलाई सुधार्ने ठाउँ रहेको थाहा भयो।‘



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell