PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

बाबुरामलाई भोट माग्दै गोरखामा कांग्रेस नेता कार्यकर्ता



पहिलोपोस्ट

बाबुरामलाई भोट माग्दै गोरखामा कांग्रेस नेता कार्यकर्ता

काठमाडौ :  नयाँ शक्ति नेपालका संयोजक एवम् गोरखा क्षेत्र नम्वर २ का उम्मेद्वार डा. बाबुराम भट्टराइेलाई भोट माग्न यतिबेला नेपाली कांग्रेसका नेता कार्यकर्ता घरदैलोमा व्यस्त छन्। 

विहानदेखि बेलुकासम्म नै कांग्रेस नेताकार्यकर्तासहित भट्टराई घरदैलो कार्यक्रममा व्यस्त छन्। सोमबार विहान गोरखा नगरपालिकाका मेयर राजनराज पन्तसहित कांग्रेस नेता कार्यकर्ताले भट्टरार्इको पक्षमा भोट मागेका हुन्। 

त्यसक्रममा उनीहरुले आर्थिक समृद्धिको नारासहित जनताको रक्षाका लागि लडिरहेको गठवन्धनलाई भोट दिन आग्रह गरे। गोरखा नरपालिकाका मेयर पन्तले भने ‘मनमा कुनै तुस नराखी भोट दिन र १० गतेसम्म निरन्तर निर्वाचनमा लाग्नुहोस्।’

कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक भट्टरार्इले गोरखा जिल्लालाई देशकै रोल मोडल बनाउन र आर्थिक समृद्धिका लागि लोकतान्त्रिक पार्टीहरुबीच गठबन्धन गरिएको बताए।

भट्टरार्इले विगतमा कांग्रेससँग  जेजस्तो भएपनि अब भने समयको माग भएको भन्दै एकता आवश्यक भएको बताए। भट्टरार्इले सबैलाई निश्चिन्त भई आँखा चिन्हमा भोट हाल्न आग्रह गरे।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell