PahiloPost

Aug 18, 2025 | २ भदौ २०८२

झापामा प्रतिनिधिसभातर्फ दुई र प्रदेश सभातर्फ जम्मा चार महिला उम्मेदवार 



पहिलोपोस्ट

झापामा प्रतिनिधिसभातर्फ दुई र प्रदेश सभातर्फ जम्मा चार महिला उम्मेदवार 

भद्रपुर :  अगामी मसिर २१ गते हुने दोस्रो चरणअन्तर्गतको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि झापामा १४१ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। 

प्रतिनिधि सभातर्फ ५७ जना र प्रदेश सभातर्फ ८४ जना उम्मेदवार चुनावमा होमिएका छन्। प्रतिनिधि सभातर्फ दुईजना तथा प्रदेश सभातर्फ चारजना महिला उम्मेदवार छन्। प्रतिनिधि सभातर्फ सात तथा प्रदेश सभातर्फ छजना स्वतन्त्र उम्मेदवार प्रचार प्रसारमा जुटेका छन्। 

प्रतिनिधि सभातर्फ क्षेत्र नं २ मा नेकपा एमालेकी पवित्रा निरौला (खरेल) र क्षेत्र नं ३ मा नेपाल जनता पार्टीकी सुजाता ओली उम्मेदवार छिन्।

प्रदेश सभातर्फ क्षेत्र नं १ ‘ख’ मा राष्ट्रिय जनता पार्टीका रमा मेचे, क्षेत्र नं २ ‘क’ मा राष्ट्रिय जनता पार्टीकी निर्मला एक्तेन, क्षेत्र नं ३ ‘ख’ मा मंगोल नेशनल अर्गनाइजेशनका सत्यकला नेम्वाङ तथा क्षेत्र नं ५ ‘क’ मा स्वतन्त्र उम्मेदवार जम्मावती तिमल्सिना उम्मेदवार छन्। 

यस्तै, स्वतन्त्र उम्मेदवार प्रनिनिधि सभातर्फ क्षेत्र नं ३ मा वीरेन्द्र सापकोटा, क्षेत्र नं ४ मा एज्ञबहादुर खड्का, डिल्लीप्रसाद कँट्टेल र पर्शुराम काफ्ले तथा क्षेत्र नं ५ मा इन्द्रप्रसाद न्यौपाने, प्रेमबहादुर खड्का र इन्द्रराज अधिकारी छन्। 

प्रदेश सभातर्फ स्वतन्त्र उम्मेदवार क्षेत्र नं ४ ‘ख’ मा दीनानाथ सापकोटा र धनकुमार बुढाथोकी, क्षेत्र नं ५ ‘क’ मा हरिप्रसाद अधिकारी, जम्मावती तिमल्सिना र खड्गप्रसाद शिवाकोटी तथा ‘ख’ मा डम्बरबहादुर गुरुङ रहेका प्रमुख निर्वाचन अधिकृत खिलानाथ रेग्मीले जानकारी दिए। 

प्रनिनिधि सभातर्फ क्षेत्र नं १ मा सात जना, २ मा ११ जना, ३ मा १२ जना, ४ मा १३ जना तथा क्षेत्र नं ५ मा १४ जना उम्मेदवार चुनावी मैदानमा छन्।

प्रदेश सभातर्फ क्षेत्र नं १ को क र ख मा आठ/आठजना, क्षेत्र नं ३ को क र ख मा सात/सातजना, क्षेत्र नं ४ को ‘क’ मा छ जना र ‘ख’ मा ११ जना तथा क्षेत्र नं ५ को ‘क’ मा १२ तथा ‘ख’ मा नौजना उम्मेदवार रहेका छन्।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell