
काठमाडौं : नेपाल एयरलाइन्सको ९ एन एकेएस कलसाइइन विमान अवतरणको क्रममा टायर पञ्चर हुँदा भैरहवा विमानस्थल केही समय अवरुद्ध भएको छ।
परीक्षण उडानको क्रममा काठमाडौंबाट भैरहवा गएको विमान फेरि भैरहवा आसपासमा उडाएर अवतरण गर्नेक्रममा विमानको पछाडिको बायाँ टायर पञ्चर भएको हो।
विमानमा सवार पाइलट र को–पाइलट दुवैजना सकुशल छन्।