PahiloPost

Aug 18, 2025 | २ भदौ २०८२

क्याटालोनियाका नेताद्वारा बेल्जियममा आत्मसमर्पण



पहिलोपोस्ट

क्याटालोनियाका नेताद्वारा बेल्जियममा आत्मसमर्पण
फोटो श्रोतः  AFP

ब्रसेल्स :  क्याटालोनियाका नेता कारलस पुज्डमोन र उनीसँगै रहेका अन्य पाँच जना नेताले बेल्जियममा आत्मसमर्पण गरेका छन्। 
उनीहरुले प्रहरी समक्ष आत्मसमर्पण गरेका अधिकारीहरुले जानकारी दिएका छन् । 

स्पेनको क्याटालोनियाका अपदस्थ नेता चाल्र्स पुज्डमोनले यसअघि आफू र अन्य पाँच नेताविरुद्धमा लगाइएको आरोपकाबारेमा बेल्जियमको अदालतबाटै सहयोग लिन चाहेको बताएका थिए। 

पुज्८मोनसहितका पाँचैजना नेताहरु केही दिनयता बेल्जियममा बसिरहेका थिए। उनीहरुविरुद्ध स्पेन सरकारले युरोपेली युनियनका कुनै पनि देशमा पक्राउ गर्नसक्नेगरी पुर्जी जारी गरेको थियो। 

उनीसँग क्याटलान सरकारका अन्य चार मन्त्री पनि छन्। उनीहरुले आत्मसमर्पण गरेपछि बेल्जियम सरकारले उनीहरुलाई स्पेन सरकारलाई बुझाउने वा के गर्ने भन्ने बारेमा अहिले नै केही भनेको छैन। यस विषयमा निर्णय आउन बाँकी रहेको अधिकारीहरुले जनाएका छन्। 

आफूहरुलाई पक्राउ पुर्जी जारी गरिएको विरुद्धमा उनीहरुलाई अपील गर्ने अधिकार रहेको भएपनि अपिल गर्ने वा नगर्ने भन्ने बारेमा केही बताएका छैनन्। 

पुज्डमोनको नेतृत्वमा क्याटालोनियाले जनमत संग्रह गरी स्पेनबाट स्वतन्त्र भएको निर्णय गरेको भन्दै स्पेनले क्याटालान सरकारका प्रमुख पुज्डमोनलाई केही दिनअघि बर्खास्त गरेको थियो। 

उनीहरुलाई देशद्रोह, विद्रोह र सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेको आरोप लगाइएको छ। स्पेनको केन्द्र सरकारको अनुमतिबिना नै जबर्जस्ती जनमत संग्रह गराएर देशको सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेको अभियोग उनीहरुलाई लागेको छ। रासस/एएफपी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell