PahiloPost

Aug 18, 2025 | २ भदौ २०८२

५०औँ राष्ट्रिय कराते च्याम्पियनसिप बुधबारदेखि शुक्रबारसम्म हुने



पहिलोपोस्ट

५०औँ राष्ट्रिय कराते च्याम्पियनसिप बुधबारदेखि शुक्रबारसम्म हुने

काठमाडौं : नेपाल कराते महासंघको आयोजनामा हुने ५०औ राष्ट्रिय कराते च्याम्पियनसिप यही बुधबार देखि शुक्रबारसम्म हुने भएको छ।

यसअघि बिहिबारदेखि हुने तय भएपनि प्राविधिक कारणले गर्दा प्रतियोगिता एक दिन अगाडी सारिएको आयोजकले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो।

जापानमा सन् २०२० मा हुने टोकियो ओलम्पिकलाई मध्यनजर गर्दै खेलाडी तयार पार्ने उदेश्यले यस च्याम्पियसिप गर्न लागिएको हो। करातेमा स्तरिय खेलाडी उत्पादन गर्ने तथा नेपालले आगामी दिनमा सहभागिता जनाउने अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि नेपाली खेलाडी तयार पार्न यो प्रतियोगिताले सहयोग पुग्ने बयोजकको विश्वास छ।

च्याम्पियनसिपमा पाँच विकास क्षेत्र र ३ विभानगीय गरी ७ टिमका १ सय ८४ खेलाडीले सहभागिता जनाउनेछन्। तीन दिनसम्म चल्ने च्याम्पियनसिपमा महिला र पुरुष तौल समूह तथा एकल टिम कातामा प्रतिस्पर्धा हुनेछ। आयोजकका अनुसार महिलामा ७ तथा पुरुषमा ८ तौल समूहमा प्रतिस्पर्धा गराइनेछ।

च्याम्पियनसिपबाट उत्कृष्ट २३ खेलाडी राष्६रिय ६मका लागि छनोट गरिने प्रतियोगिता संयोजक दीपक श्रेष्ठले जानकारी दिए।

कूल २९ लाख खर्च हुने च्याम्पियनसिपको मुख्य प्रायोजकमा ललितपुर मंगलबजारस्थित सम्झना ल्याब्रोटोरी रहेको छ। ल्यमब्रोटोरीले प्रतियोगिताको लागि नगद ८ लाख तथा अन्य विभिन्न सेवा सुविधा गरी कूल १५ लाख बराबरको सहयोग गर्नेछ।

यस्तै सन् २०१८ मा आयोजना हुने एसियन गेम्समा नेपालका २३ कराते खेलाडीको सम्झना ल्याब्रोटोरीले नि:शूल्क ल्या टेस्ट समेत गराउने जनाएको छ।

राखेप च्याम्पियनसिप अन्तर्गत हुने कराते च्याम्पियनसिपका खेलहरु राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell