PahiloPost

May 7, 2026 | २४ बैशाख २०८३

रामचन्द्र पौडेलले भने–मेरो राजनीति सुशासनका लागि



पहिलोपोस्ट

रामचन्द्र पौडेलले भने–मेरो राजनीति सुशासनका लागि

तनहुँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा सुशासन र जनताको समृद्धिका आफूले राजनीति गरेको बताएका छन्।

तनहुँमा चुनावी घरदैलो अभियानमा पौडेलले सवैभन्दा ठूलो समस्या नेपालमा सुशासन भएकाले त्यसका लागि अभियान सुरु गर्नुपर्ने बताए।
 
पौडेलले नेपालको राजनीतिमा देखिएका कमी कमजोरीप्रति जनतासँग क्षमा माग्दै अब मुलुकलाई नयाँ युगमा प्रवेश गराउने दृढता व्यक्त गरे। 

उनले राजनीतिमा आफूले कहिल्यै भेदभाव नगरेको र आगामी दिनमा पनि नगर्ने बताए। पौडेलले  भने,‘ मैले कहिल्यै पनि पार्टीका साथीहरुलाई विभेद गरिनँ। सबै साथीहरुलाई मैले न्याय गरेको छु। नेपालको राजनीतिप्रति जनतामा देखिएको निराशालाई कमी गर्दै राजनीतिलाई सम्मानित बनाउने अभियान मैले सुरुवात गरेको छु।’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell