काठमाडौं: फिल्म 'ह्याप्पी डेज'को नयाँ गीत सार्वजनिक भएको छ। 'तिमी बिना' बोलको गीत भिडियो सहित सोमबार युट्युबमार्फत रिलिज गरिएको हो।
सार्वजनिक गीतको भिडियोमा अभिनेता सञ्जय गुप्ता र प्रियङ्का कार्कीको फिचरिङ रहेको छ। ताराप्रकाश लिम्बुको संगीत रहेको गीतमा लिम्बु स्वयंम र दीपा राईले स्वर दिएका छन्। गीतमा फिल्म निर्देशक समेत रहेका दिनेश राउतको शब्द रहेको छ। भिडियो निर्देशन पनि फिल्मका निर्देशक मिलन चाम्सले गरेका हुन्।
युके आइडी होल्डर केटीको प्रेममा दुई नेपाली युवा पर्छन्। पढ्दै पैसा कमाउने उद्देश्यले विदेशिएकाहरु प्रेम परेपछि सिर्जना हुने अवस्था नै फिल्मको विषय हो। फिल्मको वर्ल्ड प्रिमियर आउँदो १२ नोभेम्बरमा लण्डनमा हुँदैछ। फिल्ममा सञ्जय गुप्ता, दयाहाङ राई, प्रियङ्का कार्की, रुपा पुन, शिशिर राणा, जेन बकल, बिक्की जोशी लगायतको अभिनय रहेको छ।
फिल्मको नेपाल रिलिज टार्गेट आउँदो माघ १२ गते हो। बिपी खनाल, भवानी शर्मा, हिराल जोशी र अशिक बंशालले संयुक्त रुपमा फिल्म निर्माण गरेका हुन्।