PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

गोविन्द केसीको अल्टिमेटम : सात दिनभित्र अध्यादेश प्रमाणीकरण नगरे आमरण अनशन



सागर बुढाथोकी

गोविन्द केसीको अल्टिमेटम : सात दिनभित्र अध्यादेश प्रमाणीकरण नगरे आमरण अनशन

काठमाडौँ :  डा. गोविन्द केसीले सात दिनभित्र चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरण नभए पुनः आमरण अनशन सुरु गर्ने चेतावनी दिएका छन्।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा आज पत्रकार सम्मेलन गरी केसीले राष्ट्रपतिबाट अध्यादेश प्रमाणीकरण नभएको भन्दै आमरण अनशनका लागि सात दिनको अल्टिमेटम दिएका हुन्।

केसीको माग सम्बोधन गर्न भन्दै सरकारले चिकित्सा शिक्षा अध्यादेश पारित गरेको दुई साता बितिसक्दा पनि राष्ट्रपतिबाट अध्यादेश प्रमाणीकरण भएको छैन। सरकारले राष्ट्रपतिसमक्ष अध्यादेश पठाएको एक साता भन्दा बढी भइसकेको छ।

कात्तिक ६ गते केसीको सुझाव र माथेमा प्रतिवेदनमा आधारित रहेर सरकारले अध्यादेश पारित गरेको थियो। राष्ट्रपतिबाट अध्यादेश जारीपछि कार्यान्वयनमा आउनेछ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell