PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

गोरखा जिल्लाको बृहत्तर विकास गर्छु : नारायणकाजी श्रेष्ठ



पहिलोपोस्ट

गोरखा जिल्लाको बृहत्तर विकास गर्छु : नारायणकाजी श्रेष्ठ
फाइल फोटो

गोरखा (सुलिकोट) : नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ (प्रकाश)ले सुलिकोट गाउपालिका-५ मा रहेको चनौटे र लाकुरेबोट जोड्ने पुल निर्माणको लागि आफुले महत्त्वपूर्ण भुमिका खेलेको स्मरण गर्दै पुलको निर्माण कार्य तिब्ररुपमा अघि बढाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

मंसिर १० गते हुने निर्वाचन अन्तर्गत गोरखा जिल्ला क्षेत्र नम्बर-२ दुईको प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका श्रेष्ठले सुलिकोट ५ लाकुरीबोटमा आयोजित चुनावी सभालाइ सम्बोधन गर्दै पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले तत्काल काम अघि नबढाए कारवाहीको लागि पहल गर्ने बताए।

समयमा नै पुल निर्माण नहुँदा जनताले दु:ख पाएको बताउदै श्रेष्ठले निर्माण कम्पनीले तत्काल काम अघि नबढाए कानुनी प्रक्रियामा गएर निर्माण व्यवसायी र कम्पनी दुबैलाई कारवाही गर्ने चेतावनीसमेत दिए। पुल निर्माणको बिषयलाई केही व्यक्तिहरुले राजनैतिक बिषय बनाएकोमा दुख व्यक्त गर्दै श्रेष्ठले त्यस्ता व्यक्ति विकास बिरोध भएको बताए।

पार्टीको जिम्मेवार पदमा रहेको कारण देशभर नै आफ्नो जिम्मेवारी रहेकोले गर्दा नियमित गृह जिल्ला आउन नसकेपनी आफू जन्मेको हुर्केको जिल्लाको विकासको निम्ति निरन्तर कृयाशिल रहेको प्रष्ट पारे। शिरानचोक गाउँ पालिका वडा नम्बर-८ जौबारिमा घर भएका श्रेष्ठले स्थानीय विद्यालयबाट एसएलसी पास गरेका थिए।

सुलिकोट गाउँ पालिका-५ मा रहेको जलकन्यादेवी माद्यामिक बिद्यालयको भवन निर्माणकार्यको लागि आफ्नो पहलमा शिक्षा मन्त्रालयबाट आर्थिक सहयोग उपलब्ध गराएको बताउँदै श्रेष्ठले समग्र गोरखा जिल्लाको बृहत्तर विकासको निम्ति कृयाशिल रहदै आएको र भावि दिनमा पनि कृयाशिल रहने प्रतिबद्धता व्यक्त गरे।

बाम गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले देश विकास हुन स्थायी सरकार आवश्यक हुने बताउदै मंसिर १० को चुनाव पछि देशमा बामपंथीहरुको स्थायी सरकार बन्ने पनि उद्घोष गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell