PahiloPost

Apr 3, 2026 | २० चैत्र २०८२

स्वदेशी ५२ र विदेशी चार संस्थालाई निर्वाचन पर्यवेक्षणको अनुमति



पहिलोपोस्ट

स्वदेशी ५२ र विदेशी चार संस्थालाई निर्वाचन पर्यवेक्षणको अनुमति

काठमाडौँ :  निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न स्वदेशी ५२ र विदेशी चार संस्थालाई अनुमति दिएको छ। 

आयोगका अनुसार पर्यवेक्षणका लागि स्वदेशी संस्थाका ४४ हजार १४२ जनालाई पर्यवेक्षण गर्नका लागि अनुमति प्रदान गरिएको हो।

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले सबैभन्दा धेरै १० हजार तथा सिर्जनशील एकीकृत दिगो विकास समाज लैनचौर सबैभन्दा कम २० पर्यवेक्षक खटाउन अनुमति पाएका छन्। 

पर्यवेक्षकलाई लामो र छोटो अवधिका लागि अनुमति प्रदान गरिएको छ । लामो अवधिको अनुमति पाउनेले एउटा प्रदेश र छोटो अवधिको अनुमति पाउनेले एउटा जिल्लाको पर्यवेक्षण गर्न पाउने व्यवस्था गरिएको आयोगले जनाएको छ। 

पर्यवेक्षणको अनुमति पाउने अन्तर्राष्ट्रिय संस्थामा द कार्टर सेन्टर, युरोपेली सङ्घ, एशियन नेटवर्क फर फ्री इलेक्सन र अनकावा इन्टरनेशनल छन्। सङ्घले लामो अवधिमा १९ पर्यवेक्षक र कार्टर सेन्टरले पाँच पर्यवेक्षक खटाउनेछन्।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell