PahiloPost

Apr 3, 2026 | २० चैत्र २०८२

म पर्यटक उम्मेदवार होइनः ढुङ्गाना, पिताका उमेरका ढुंगानासँग प्रतिस्पर्धा गर्न पाउनु सौभाग्यः बस्नेत



पहिलोपोस्ट

म पर्यटक उम्मेदवार होइनः ढुङ्गाना, पिताका उमेरका ढुंगानासँग प्रतिस्पर्धा गर्न पाउनु सौभाग्यः बस्नेत

भक्तपुर : भक्तपुर निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार दमननाथ ढुंगानाले आफूलाई पर्यटक उम्मेदवार भनेर प्रचार नगरिदिन आग्रह गरेका छन्। 

रफत सञ्चार क्लबले गरेको साक्षात्कारमा ढुंगानाले आफू भक्तपुरकै भएकाले पर्यटक नभन्न आग्रह गरे। उनले भने, “भक्तपुर म हुर्केबढेको पढेको ठाउँ, यहाँ मेरो जग्गा जमिन छ, त्यसैले म पर्यटक वा पाहुना उम्मेदवार होइन।” 

देशभर वाम गठबन्धन बनेका बेलामा भक्तपुरमा सो गठबन्धनसँग लड्न सक्ने मान्छेको खोजी गर्दा आफू उम्मेदवार बन्नुपरेको ढुंगानाले बताए।

 ढुंगानाले भने, “वाम गठबन्धनसँग लड्न सक्ने व्यक्ति म मात्रै हो भन्ने पार्टीले मूल्यांकन गरेकाले मलाई पार्टीले उम्मेदवार बनाएर पठायो, उम्मेदवार बन्न भक्तपुरकै बासिन्दा हुनुपर्छ भन्ने छैन।” उनले अहिले भक्तपुरको भविष्यसँग जोडिएर आफ्नो उम्मेदवारी आएको बताए। 

साक्षात्कारमा वाम गठबन्धनका उम्मेदवार महेश बस्नेतले लोकतन्त्रमा जीतहारको कुराभन्दा पनि स्वच्छ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिँदै आफ्ना पिताका उमेरका ढुंगानासँग प्रतिस्पर्धा गर्न पाउनु सौभाग्य भएको प्रतिक्रिया दिए।

स्थिर सरकार र मुलुकको समृद्धि एवं भक्तपुरको समग्र विकासका लागि आफ्नो उम्मेदवारी परेको उल्लेख गर्दै बस्नेतले २०७० सालमा संसद्को निर्वाचनमा आफूले पराजय भोगेपछि भक्तपुरको सेवामा समर्पित भएकाले त्यसको मूल्यांकन हुने बताए।

बस्नेतले भने, “ भक्तपुरको विकास र गौरवलाई उँचोमा पुर्याउन मेरो उम्मेदवारी हो।” आफू उद्योगमन्त्री हुँदा आफ्नै पहलमा भक्तपुरमा  चार अर्बको विकास बजेट ल्याएर विकासका काम तीव्र पारेको जिकिर उनले गरे।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell