PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

भारतीय नम्बर प्लेटको ट्रकको ठक्करबाट एकजनाको मृत्यु



पहिलोपोस्ट

भारतीय नम्बर प्लेटको ट्रकको ठक्करबाट एकजनाको मृत्यु

इनरुवा: सुनसरीको भोक्राहा गाउँपालिका–४ मा सोमबार साँझ भारतीय ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा भोक्राहा गाउँपालिका–१ का रामकुमार बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको पिबी ०५ वाई ९९२९ नंको भारतीय नम्बरको ट्रकले सोही दिशाबाट जाँदै गरेको को ११ प १६९५ नंको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार रामकुमारको मृत्यु भएको हो।

सोही मोटरसाइकलमा सवार एकजना घाइते भएका छन्। घाइते हुनेमा स्थानीयवासी डिल्ली बुढाथोकी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए।

घाइतेको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको सुनसरी प्रहरीले जनाएको छ। शव परीक्षणका लागि जिल्ला अस्पताल, इनरुवामा राखिएको छ भने ठक्कर दिने सवारी प्रहरीको नियन्त्रणमा रहेको जिप्रका सुनसरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell