PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

प्यालेस्टिनी राष्ट्रपति अब्बास साउदी अरबमा



पहिलोपोस्ट

प्यालेस्टिनी राष्ट्रपति अब्बास साउदी अरबमा
फोटो श्रोतः ansamed.info

रमाल्लाह :  प्यालेस्टायनका राष्ट्रपति मोहम्मद अब्बास औपचारिक भ्रमणका लागि सोमबार साउदी अरबको राजधानी रियाद आइपुगेका छन्। 

अब्बासले साउदी अरबका राजा सल्मान बिन अब्दुल अजिज र राजकुमार मोहम्मद बिन सलमानसँग भेट्वार्ता गर्ने कार्यक्रम रहेको रियादमा रहेको प्यालेस्टिानीको दूतावासले जनाएको छ। 

उनीहरुसँग दुईपक्षीय हित र प्यालेस्टायनमा पछिल्लो समय विकसित समसामयीक घटनाक्रमका बारेमा छलफल गर्ने तयारीमा रहेको राष्ट्रपति अब्बासले प्यालेस्टिनी सरकारी रेडियो भ्वाईस अफ प्यालेस्टायनसँग बताए। 

उनले आफू सधैं साउदी अरबको पक्षमा रहेको उल्लेख गर्दै साउदी अरबका राजा, सरकार र जनतालाई आफुले सधै सहयोग र समर्थन गरिरहने पनि बताए। रासस/सिन्ह्वा

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell