PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

हास्य कलाकार पुरन थापाको ‘फेरि–फेरि’ मा अर्पण र ऋचा



पहिलोपोस्ट

हास्य कलाकार पुरन थापाको ‘फेरि–फेरि’ मा अर्पण र ऋचा

काठमाडौं: हास्य अभिनेता तथा निर्देशक पुरन थापाले फिचर फिल्म निर्माण गर्ने भएका छन्। उनले ‘फेरि–फेरि’ नामक फिल्म निर्माण घोषणा गरेका हुन्।

थापाको यो फिल्म निर्माण डेब्यु भने होइन। यसअघि ‘पिरिम पर्‍या छन्’ र ‘कान्छी मट्याङ ट्याङ’ जस्ता कमेडी जनराको फिल्म निर्माण गरेका छन्। ‘फेरि फेरि पनि हास्यरस युक्त नै हुनेछ', उनले जानकारी दिए। फिल्ममा अर्पण थापा, ऋचा शर्मा, ओमप्रतिक गुरुङ, धर्मेन्द्र आचार्य लगायतको अभिनय रहेनेछ भने फिल्मलाई निर्देशन पुरन थापा स्वयंमले गर्ने भएका हुन्।

माता वसुन्धरा मुभिजको प्रस्तुतिमा बन्ने फिल्मका लागि निर्देशक पुरन आफूले हालै नेपालमा पहिलोपटक रेड इपिक डब्लू हेलियम एट के क्यामेरा भित्र्याएको र सोही क्यामेराले फिल्म खिचिने जानकारी दिएका छन्। रामेश्वर कार्कीले खिच्ने फिल्ममा एनबी महर्जनको द्वन्द्व निर्देशन र विकास चौधरीको संगीत छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell