दक्षिण कोरिया : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मङ्गलबार दक्षिण कोरियाको भ्रमणमा पुगेका छन्। उनी सोमबारसम्म जापानको भ्रमणमा रहेका थिए।
एसियाको भ्रमणका क्रममा आइतबार जापान पुगेका उनी जापानबाटै मङ्गलबार दक्षिण कोरिया पुगेका हुन।
राष्ट्रपति ट्रम्प एसियाको १२ दिने भ्रमणको क्रममा मङ्गलबार दक्षिण कोरिया पुगेका हुन्। दक्षिण कोरिया उनीको दुई दिन बस्नेछन्।
उनीको एयर फोर्स विमान दक्षिण कोरियाको ओसान सहरमा रहेको हवाई सैन्य क्याम्पको विमानस्थलमा मङ्गलबार बि0हान अवतरण गरेको थियो।
सो विमानस्थलमा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले राष्ट्रपति ट्रम्पलाई स्वागत गरेका थिए। राष्ट्रपति ट्रम्पलाई स्वागत गर्न विमानस्थलमा दक्षिण कोरियाका उच्च पदस्थ अधिकारीहरु उपस्थित भएका थिए।
पछिल्लो समयमा उत्तर कोरियाका कारणले उसको छिमेकी देश दक्षिण कोरिया र जापानलाई पनि ठूलो चुनौती भएको छ। केही समयअघि त एउटा क्षेप्यास्त्र उत्तर कोरियाले जापानको आकास हुँदै परीक्षण गरेको थियो।
यस्तो अवस्थमा उत्तर कोरियाले प्रमुख दुश्मनी ठानेको अमेरिकाका राष्ट्रपतिको दक्षिण कोरिया भ्रमण हुनुलाई राजनीतिक रुपमा पनि ठूलो महत्वका साथ हेरिएको विश्व समुदायको विश्लेषण छ। रासस