PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

दयाहाङ राई निर्देशित 'झ्यालिञ्चा' मङ्गलबारबाट मञ्चमा



पहिलोपोस्ट

दयाहाङ राई निर्देशित 'झ्यालिञ्चा' मङ्गलबारबाट मञ्चमा

काठमाडौं: अभिनेता दयाहाङ राई निर्देशित नाटक आजबाट मञ्‍चन हुँदैछ। नाटक 'झ्यालिञ्चा' मण्डला थिएटरमा मञ्चन हुने भएको हो। रङ्गकर्मी हुँदै फिल्ममा अभिनय गर्न थालेका दयाहाङको झ्यालिञ्चा थिएटर कमब्याक नाटक हुनेछ।

कुमार नगरकोटीको फकिर फिक्सनमा आधारित नाटकको परिकल्पना समेत राईले गरेका हुन्। नाटकमा विजय बराल र रञ्जना ओलीको अभिनय रहनेछ। करिव एक घण्टा लामो न्यारेटिभ ड्रामासँगै अनुपम शर्माको लाइभ संगीत पनि रहने बताइएको छ।

नाटक मङ्सिर ३ गतेसम्म सोमबार बाहेक हरेक साँझ ५ बजेबाट मण्डला थिएटरमा मञ्चन हुनेछ। त्यस्तै सनिबार एक बजे अतिरिक्त सो हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell