काठमाडौं: गायिका आकंक्षा बस्यालको नयाँ गीत सार्वजनिक भएको छ। ‘तिम्रै दिलमा’ बोलको गीत भिडियो सहित युट्युबमार्फत सार्बजनिक भएको हो।
गीतमा साजन शाहको संगीत रहेको लेखु सहयात्रीको शब्द रहेको छ। गीतको भिडियो अमेरिकामा छायाँकन भएको हो। जसमा नायिका तथा मोडल अकेशा विष्ट र जंगबु शेर्पाको फिचरिङ रहेको छ।
म्युजीक भिडियोमा सौरम राज तुलाधरको निर्देशन, शम्भु मोक्तानको छायाँकन र निसान घिमिरेको सम्पादन रहेको छ।