PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

यस्ता छन् राप्रपाका घोषणापत्रका मुख्य बुँदा



पहिलोपोस्ट

यस्ता छन् राप्रपाका घोषणापत्रका मुख्य बुँदा

काठमाडौँ :  राष्ट्रिय प्रजातन्त्र पार्टीले दीर्घकालीन महत्व राख्ने राष्ट्रिय विषयहरुमा जनताको राय वुझ्न जनमत संग्रहको विधि अबलम्बन गर्ने बताएको छ। पार्टी अध्यक्ष कमल थापाले घोषणापत्र जारी गर्दै यस्तो बताएका हुन्।

हिन्दु अधिराज्य र राजासहितको लोकतन्त्रको पक्षमा आवाज उठाउदै आएको राप्रपाले अहिले देशको धेरै ठाउँमा नेपाली कांग्रेससँग तालमेल गरेको छ। कांग्रेससंगको तालमेलकै कारण राप्रपाको हिन्दु अधिराज्य र राजासहितको लोकतन्त्रको एजेण्डामा शंकाको दृष्टिले हेरिएको थियो।

पछिल्लो राजनितिक घटनाक्रम नियाल्दा राप्रपा नेपालले के गर्छ भन्ने कसैलै अड्कल गर्न सकेका थिएनन्। किनकी, राजासहितको लोकतन्त्र र हिन्दु अधिराज्यको पक्षको कमल थापाको एजेण्डा जनताले पहिला नै फेल गराइदिसकेका थिए।

यसैबीच, घोषणापत्र जारी गर्दै राप्राका अध्यक्ष थापाले पार्टीले राजासहितको लोकतन्त्र र हिन्दु अधिराज्यको पूरानो एजेण्डा नछोडेको बताएका छन्। उनले भने, ‘हाम्रो फरक मुल्य र मान्यता छ। तर, जनताको लागि हामी विचलित भएका छैनौँ। फरक मत राखेर जनताको लागि काम गर्छौँ।’

राप्रपाको घोषणापत्रमा लोडसेडिङ अन्त्य गर्ने, एक घर एक रोजगारी लगायतको एजेण्डा अघि सारेको छ।

के छन्  त राप्रपाको घोषणापत्रको मुख्य बुँदा ?

  • ‍  राजसंस्था सहितको लोकतन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली र आर्थिक उदारवादलाई प्रमुख महत्व दिएको छ।
  •   दीर्घकालीन महत्व राख्ने राष्ट्रिय विषयहरुमा जनताको राय वुझ्न जनमत संग्रहको विधि अबलम्बन गर्ने राप्रपाको घोषणापत्रमा     उल्लेख छ।
  •      नेपाल बन्द गर्ने कार्यलाई गैरकानुनी घोषणा गर्ने।
  •     प्रत्येक नागरिकको बैंक खाता खोल्ने र ग्रामीण इलाकामा बैक शाखा विस्तार गर्ने व्यावस्था गर्ने।
  •     सदाको लागि लोडसेडिङ अन्त्य गर्ने।
  •      एक घर एक रोगगारको व्यवस्था गर्ने।
  •     काठमाण्डौको बीर अस्पताल सरहका अस्पताल सातै प्रदेशमा निर्माण गर्ने।
  •     राष्ट्रिय स्वार्थ र स्वाभिमान रक्षाको लागि असंलग्न परराष्ट्र नीति अवलम्वन गर्ने।
 
  •     उच्च शिक्षा आर्जन गर्न चाहने गरीब तर जेहन्दार विद्यार्थीलाई विनाधितो दीर्घकालीन शैक्षिक ऋण पाउने व्यवस्था गर्ने।
  •     प्रत्येक नगरपालिकालाई स्मार्ट सिटीका रुपमा विकास गर्ने।
  •     विदेशमा रहेका नेपाली नागरिकहरुले समेत मताधिकार प्रयोग गर्न पाउने व्यवस्था गर्ने।
  •     २०० देखि ३०० मेगावाट सम्मका मझौला एवं जलाशययुक्त बहुउद्देशीय जलबिद्युत आयोजनाहरु सातै प्रदेशमा निर्माण गर्ने। 
  •     काठमाडौं– हेटौडा जोडने सुरुङमार्ग, काठमाडौं–जुम्ला राजमार्ग, काठमाडौं बाहिरी चक्रपथ, तराईको  मेची–महाकाली हुलाकी राजमार्ग, मध्य पहाडी राजमार्ग, काठमाण्डौ तराई फास्टट्रयाक, मेचीकाली विद्युतीय रेलमार्ग, कोशी तथा नारायणी नदीमा जलमार्ग जस्ता यातायातको संजाल निर्माण गर्ने।  
  •     राष्ट्रिय सुरक्षाको अन्तिम किल्लाको रुपमा रहेको नेपाली सेनाको परम्परागत गौरवलाई अक्षुग्ण रुपमा कायम राख्दै समय अनुसार सुधार गरिने र देशको अखण्डता र सार्वभौमिकताको रक्षाका लागि समयानुकल सीप र दक्षताको अभिवृद्धि गरि सक्षम र सबल राष्ट्रिय सैन्य शक्तिका रुपमा नेपाली सेनाको आधुनिकिकरणमा जोड दिने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell