PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

डा. केसीको राष्ट्रपतिलाई प्रश्नः अध्यादेश किन प्रमाणिकरण भएन?



पहिलोपोस्ट

डा. केसीको राष्ट्रपतिलाई प्रश्नः अध्यादेश किन प्रमाणिकरण भएन?

काठमाडौं : प्राध्यापक डाक्टर गोविन्द केसीले चिकित्सा शिक्षा अध्यादेशको बारेमा सुचना बुझ्न राष्ट्रपति कार्यलयमा पत्र दर्ता गरेका छन्। मन्त्री परिषदले चिकित्सा शिक्षा अध्यादेश जारी गरेको दुर्इ साता बितिसक्दा पनि अध्यादेश प्रमाणिकरण नभएपछि डा. केसीको टोलीले पत्र दर्ता गरेको हो।

हिजो सोमवार डा. केसीले पत्रकार सम्मलेन गर्दै सात दिनभित्र अध्यादेश प्रमाणिकरण नभए अनशन बस्ने बताएका थिए। राष्ट्रपति कार्यलयमा दर्ता गरेको पत्रमा डा. केसी, अधिवक्ता ओम प्रकाश अर्याल, तोसिमा कार्कीले र रविन्द्र सिंह बाँनियाले हस्ताक्षर गरेका छन्।

अध्यादेश प्रमाणिकरण नगरिकन जानकारी नदिएकाले राष्ट्रपतिलाई सम्बोधन गर्दै पत्र दर्ता गरेको डाक्टर अभिषेक राज सिंहले बताए।

राष्ट्रपतिलाई सम्बोधन गर्दै लेखेको पत्रमा अध्यादेश के कारणले आजका दिनसम्म जारी नभएको हो? अध्यादेश जारी नहुने आसयसहित राष्ट्रपति कार्यालयका कतिपय अधिकारीबाट आएको अभिव्यक्तिको आधिकारिकता के हो? र मन्त्रिपरिषदले सिफारिस गरेको जनमुखी अध्यादेश यति लामो समयसम्म जारी नगरी बिलम्ब गर्ने अधिकारी राष्ट्रपतिज्यूलाई रहेको भए सोको स्रोत के हो? अध्यादेश रोकिएको अवस्थाको परिणाम स्वरुप सृजित परिस्थितिको जिम्मेवार को हुन्छ’ भन्ने प्रश्न गरिएको छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell