काठमाडौं: ‘आइइसी डिजाइनस् रनवे सेसन ७’ फेसन शो हुने भएको छ। काठमाडौं हायत रिजेन्सीमा हुने उक्त सो आइइसी कलेज अफ फेसन एण्ड आर्टले आयोजना गर्न लागेको हो।
कलेज अध्यायनरत २०१७ मा पास आउट हुने विद्यार्थीले तयार पारेका विभिन्न अन्तराष्ट्रिय डिजाइनहरु प्रदर्शन र प्रवर्धन गर्ने उदेश्य रहेको उक्त शोमा ५१ विद्यार्थीले तयार पारेको १३ थिमका विभिन्न आकर्षक पहिरन प्रदर्शन हुने कलेजकी प्रवन्ध निर्देशक शैलजा अधिकारीले जानकारी दिइन्। आगामी २२ डिसेम्बर अर्थात पुष ७ मा सो हुन लागेको हो।
कार्यक्रमको लागि गत शनिबार अडिसन गरी मोडल चयन गरियो। नेक्स्ट मोडल्स् नेपालका अध्यक्ष रवी धमला, कोरियोग्राफर प्रशान्त ताम्राकार, फोटोग्राफर राजभाइ सुवाल, कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारी, दीपक शर्मा लगायत निर्णायक रहेको १५० नयाँ तथा पुराना मोडल सहभागी अडिसनबाट २४ मोडल फेसन शोका लागि छानिएका छन्।
नेक्स्ट मोडल्स् नेपालले इभेन्टम्यानेजमेन्ट जिम्मा लिएको सोमा चर्चित कलाकार सो टपरको रुपमा रहने छन्। अडिसनबाट छानिएका मोडललाई र्यामम्पका लागि अन्तराष्ट्रिय कोरियोग्राफर प्रशान्त ताम्राकारले प्रशिक्षण सहित उतार्ने आयाजेकले जनाएको छ।