PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

यमनको मानवीय अवस्थामा सुधार भएन : राष्ट्रसंघ



पहिलोपोस्ट

यमनको मानवीय अवस्थामा सुधार भएन : राष्ट्रसंघ

साना : संयुक्त राष्ट्रसंघीय मानवीय सहायता सम्बन्धी प्रमुखले यमनमा गएका केही वर्षदेखि जारी रहेको द्वन्द्वका कारण मानवीय सङ्कट झन खराब बन्दै गएको बताएको छ।

राष्ट्रसंघ मानवीय सहायता प्रमुख मार्क लोककले मङ्गलबार सो धारणा राखेको हो। उनले हालै गरेको सिरियाको भ्रमणपछि यमनी द्वन्द्वले मुलुकको अवस्था निकै बिकराल भएको प्रतिक्रिया दिएको थियो।

त्यसको केही समयपछि मङ्गलबार मात्र उनले भने, “अरब मुलक यमनमा जतिसक्दो छिटो राजनैतिक प्रक्रियामार्फत द्वन्द्वको अन्त्य गर्नुपर्छ, त्यहाँको अवस्था झन बिग्रदै छ।”

त्यहाँको बिग्रँदो हैजाको माहामारीलगायत मानवीय सङ्कटलाई नजिकबाट बुझ्न गाह्रो भएको छ, पहिलेको अवस्थामा सुधारको सट्टा झनै बिकराल भन्दै छ।

हैजा नियन्त्रणका लागि यहाँको सरकारले जारी राखेका प्रयासहरु पनि पर्याप्त हुन नसकेको अधिकारीले जनाएका छन्।

यमनमा मानव सिर्जित द्वन्द्वले यहाँको जनजीवनमा विकराल प्रभाव पारेको छ र यो देख्दा द्वन्द्वले यहाँको सबैकुरा बिगारिदिएको जस्तो लाग्ने पनि उनले जानकारी दिएको छ।

यमनको द्वन्द्व समाधानका लागि कैदीबन्दी हुन् वा सञ्चारकर्मी सबैको यथासम्भव कानूनी मर्यादाअनुसार सम्मान गर्दै अन्तर्राष्ट्रिय मानवीय सहायता कानूनको प्रत्याभूत गर्न र मानव अधिकारको सम्मान गर्न आआफ्नो ठाउँबाट पहल गर्न जरुरी रहेको पनि राष्ट्रसंघले अपिल गरेको छ।

यमनमा गएका केही वर्षदेखि जारी राजनीतिक द्वन्द्वका कारण त्यहाँको जनजीवन दिनप्रतिदिन कष्टकर बन्दै गएको छ। रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell