PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

प्रमुख आयुक्तको आग्रह : आफ्नो मत खरिदबिक्री नगर्नुस्



पहिलोपोस्ट

प्रमुख आयुक्तको आग्रह : आफ्नो मत खरिदबिक्री नगर्नुस्

धुलिखेल :  प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले मतदाता र राजनीतिक दलका प्रतिनिधिलाई मत खरिदबिक्रीमा नलाग्न आह्वान गरेका छन्। 

निर्वाचन आयोगले आज आयोजना गरेको ‘मतदान तथा मतगणना क्षेत्रीय प्रशिक्षण’ कार्यक्रममा प्रमुख आयुक्त यादवले राजनीतिक दल र मतदातालाई आफ्नो मत सुरक्षित गर्न आग्रह गरे। 

यादवले भने,‘मतदाता शिक्षा र मतदान गर्ने काम मतको सुरक्षा र सुनिश्चितताका लागि हो, जनताको मतविना प्रजातन्त्र सुदृढ हुन सक्दैन। त्यसको सुरक्षा कसरी गर्ने भन्ने जिम्मेवारी हामी र हाम्रो हो।’

यादवले जनशक्ति खटनपटनमा ट्रेड युनियनको प्रभावमा नपरी काम गर्न प्रजिअ र जिल्ला निर्वाचन अधिकृतलाई आग्रह गरे। ‘प्रमुख जिल्ला अधिकारी, जिल्ला शिक्षा अधिकारी र निर्वाचन अधिकृतलगायतलाई दवाव आउन सक्छ कि त्यहाँ फलानालाई मिलाइदिनुस् भनेर, त्यो चुनौतीको विषय हो।’ उनले भने,‘त्यसलाई उचित ढंगले समाधान गर्दै मतदानस्थलमा खटिने जनशक्तिको उचित व्यवस्थापन गर्न लाग्नुहोस्।’ 

यादवले राजनीतिक दल र जिल्लास्थित निर्वाचन आचारसंहिता अनुगमन समितिलाई नगरमा सरसफाइको काममा ध्यान दिन पनि आग्रह गरे।

निर्वाचनमा नगरलाई बोर्ड, ब्यानर, झण्डा र पोष्टरले रंगाउन सक्ने भएकाले त्यस्ता वस्तुलाई महानगर र नगरभित्र राख्न नदिन सम्बन्धित पक्षलाई आग्रह गरे।

दुई दिने प्रशिक्षणमा काभ्रेपलाञ्चोकलगायत, काठमाडौँ, भक्तपुर, ललितपुर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट, रौतहट, पर्सा, चितवन, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, रामेछाप र सिन्धुली गरी १७ जिल्लाका ८१ अधिृकतको सहभागिता छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell