PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

भारतमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १९ जनाको मृत्यु



पहिलोपोस्ट

भारतमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १९ जनाको मृत्यु

नयाँदिल्ली :  पश्चिम भारतीय राज्य गुजरातमा भएको सवारी दुर्घटनामा कम्तीमा १३ जनाको मृत्यु भएको छ। 

ट्रक र भ्यान आपसमा ठोक्किंदा १३ जनाको मृत्यु हुनुको साथै अरु नौ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ। 

गुजरातको खेदा जिल्लाको अहमदाबाद इन्दोर राजर्मागमा दुर्घटना भएको प्रहरी अधिकारीहरुले बताएका छन्। 

घाइतेहरुलाई नजिकैको अस्पतालमा लगिएको र तीमध्ये चारको अवस्था गम्भिर भएको जनाइएको छ। चालकसहित २२ जना सवार बसमा क्षमताभन्दा बढी व्यक्ति रहेका जनाइएको छ। 

त्यसैगरी, उत्तरी भारतीय राज्य पञ्जावमा भएको अर्को सवारी दुर्घटनामा ६ जनाको मत्यु भएको छ भने २०  जना घाइते भएका छन्। बिपरीत दिशाबाट आएका दुईवटा बस आपसमा ठोक्किएर दुर्घटना भएको हो। रासस/सिन्ह्वा

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell