धादिङ : आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक मतपत्रसहितको निर्वाचन सामग्री निर्वाचन अधिकृतको कार्यालयमा आज अाइपुगेकाे छ।
प्रतिनिधिसभा र प्रदेशसभातर्फका प्रत्यक्ष र समानुपातिकका लागि दुई लाख ६४ हजारका दरले मतपत्र प्राप्त भएको सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद ढकालले जानकारी दिए।
निर्वाचनका लागि आवश्यक मसी, स्ट्याम्प प्याड, टाँचा, मार्कर पेन, फाइल, खाम तथा अन्य स्टेशनरीलगायत ४७ किसिमका सामग्रीमध्ये धेरैजसो सामग्री जिल्लास्थित निर्वाचन कार्यालयमामा प्राप्त भएको छ। दुई लाख ३३ हजार ५०५ मतदाता रहेको धादिङमा २७५ मतदान केन्द्र छन्।रासस