PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

झापा क्षेत्र नं ३ मा वाम गठबन्धनको प्रचार सुरु



पहिलोपोस्ट

झापा क्षेत्र नं ३ मा वाम गठबन्धनको प्रचार सुरु

भद्रपुर : आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा होमिएका वाम गठबन्धनका उम्मेदवारले झापा निर्वाचन क्षेत्र नं ३ मा प्रचारप्रसारलाई आजदेखि तीव्र पारेका छन्। 

वाम गठबन्धनबाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङ्देन र प्रदेश सभामा ‘क’ मा नेकपा एमालेका वसन्त बानियाँ र ‘ख’ मा नेकपा माओवादी केन्द्रका पूर्णसिंह राजवंशी उम्मेदवार बनेका छन्। 

प्रतिनिधि सभा सदस्यमा सातजना र प्रदेश सभा ‘क’ र ‘ख’ मा सात÷सातजनाको उम्मेदवारी परेको यस क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्यमा कृष्णप्रसाद सिटौला र राप्रपाका लिङ्देनबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।

प्रदेश सभा ‘क’ मा कांग्रेस उम्मेदवार भूमिप्रसाद राजवंशी र ‘ख’ का उम्मेदवार भगिरथ पोदारसँग एमालेका बानियाँ र माओवादीका राजवंशीको प्रतिष्पर्धा हुने अनुमान गर्न सकिन्छ। 

यस क्षेत्रमा ५७ हजार ५७० महिला सहित एक लाख १४ हजार मतदाताले मतदान गर्नेछन्। प्रेस चौतारी नेपाल, मिडिया नेपाल र प्रेस सेन्टर नेपालको संयुक्त प्रचारप्रसार चुनाव परिचालन समितिद्वारा आज भद्रपुरको रिवाज होटेलमा आयोजित पत्रकार सम्मेलनमा वाम गठबन्धनकातर्फबाट निर्वाचन क्षेत्र नं ३ का उम्मेदवारले सामूहिक प्रतिबद्धता जाहेर गर्दै गठबन्धनका उम्मेदवारलाई जिताउन मतदातासँग आग्रह गरेका छन्। 

राप्रपा उम्मेदवार लिङ्देनले प्रतिनिधि सभाका एक सिटका लागि राप्रपाले मेची अञ्चलभर कुनै पनि उम्मेदवार नदिएको जानकारी दिँदै जनताको पीर मर्कामा सधैँ साथ र सहयोग गर्ने उम्मेदवारलाई जिताउन आम मतदातासँग आग्रह गरे।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell