PahiloPost

Apr 4, 2026 | २१ चैत्र २०८२

पैसा धैरै लगानी गरेर फिल्म राम्रो बन्ने होइन: सुनिल थापा



पहिलोपोस्ट

पैसा धैरै लगानी गरेर फिल्म राम्रो बन्ने होइन: सुनिल थापा

काठमाडौं: राते काईंला नामले परिचित कलाकार सुनिल थापाले धेरै पैसा लगानी गरेर मात्र फिल्म राम्रो नबन्ने तर्क राखे। फिल्म 'कागजपत्र' घोषणा समारोहमा उनले फिल्मको समीक्षात्मक स्तर र लगानी फरक विषय रहेको बताए।

सुनिल थापाले आफू दुई सय पचासभन्दा बढी फिल्ममा देखिएका छन्। फिल्म जीवनमा लामो समय बिताएका उनी भन्छन्,'दौरा सुरुवाल लगाएको नेपाली फिल्मकर्मीलाई अस्करमा देख्ने सपना अझै सपना नै रहेको छ।' उनले फिल्मकर्मीलाई विषयवस्तु र प्रस्तुतिमा ध्यान दिन आग्रह गर्दै भने,'डेडिकेशन सबैभन्दा महत्वपुर्ण कुरा हो त्यो कुरा फिल्मकर्मीले ध्यानमा राखुन्।' उनले व्यङ्ग्यात्मक ढङ्गमा फिल्म प्रचारका लागि पार्टी, रक्सी आदीमा खर्च गर्नुभन्दा फिल्म प्रोडक्शनमा मिहेनत गर्न सुझाए।

हाल सुनिल थापा फिल्म 'शेरबहादुर'को पोस्ट प्रोडक्शनको काममा व्यस्त छन्। साथै उनी अभिनित फिल्म 'साढे सात' आउँदो मङ्सिर १५ गतेबाट रिलिज हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell