PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

अघि बढ्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम, कार्यालय भवन बन्दै 



पहिलोपोस्ट

अघि बढ्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम, कार्यालय भवन बन्दै 

पोखरा :  पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी चाइना सिएएमसी इञ्जिनियरिङ कम्पनीले विमानस्थलको निर्माणलाई अगाडि बढाएको छ। 

कम्पनीले अहिले कार्यालय भवन, प्राविधिक तथा मजदुर बस्ने अस्थायी भवनको निर्माण भइरहेको र ती संरचना निर्माण भएपछि अन्य काम तीव्र रुपमा अघि बढ्ने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रशासकीय अधिकृत प्रमोदकुमार यादवले जानकारी दिए। 

आयोजनाको मूल गेटबाट विमानस्थलसम्म पुग्ने सडक कालोपत्र गर्ने, पानीलाई तर्काउन चारवटा नाला बनाउने र विजयपुर खोलातिर पानी खसाल्ने काम सकिएको छ। मुलुककै गौरवशाली आयोजनाको रुपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सन् २०२० जुलाईसम्ममा सक्ने लक्ष राखिएको छ। 

विसं २०७३ वैशाख १ गते विमानस्थलको शिलान्यास गरिएको थियो। चीनको एक्जीम बैंकको करिब २१ अर्बको ऋृण सहयोगमा विमानस्थलको निर्माण गर्न लागिएको हो।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell