काठमाडौं : अपिल विष्टको लेखन तथा निर्देशनमा फिल्म 'कागजपत्र' बन्ने भएको छ। मङ्गलबार काठमाडौंमा कार्यक्रम आयोजना गरी फिल्म निमार्ण घोषणा गरिएको हो।
खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी र प्रजापती सिवाकोटीको संयुक्त लगानीमा बन्ने फिल्म युनिट छायांकनका लागि ९ नोभेम्बरबाट फ्लोरमा निस्कने बताइएको छ। फिल्मलाई क्याजमेर डिक्सनले खिच्ने फिल्ममा संगीत सापकोटाको संगीत रहनेछ। उनको यो डेब्यु फिल्म हुनेछ। फिल्ममा अष्ट महर्जनले द्वन्द्व निर्देशन गर्दैछन्।
कागजपत्रमा नाजिर हुसेन, भोलाराज सापकोटा, सरिता गिरी, शिल्पा मास्के, आर्जेस रेग्मी, निरज सिंह विष्ट, लोकेन्द्र लेखक, लक्ष्मी बर्देवा, जीवन भट्टराई, उज्वल शर्मा, भरत सापकोटा लगायत कलाकारको अभिनय रहेको छ। वर्ल्ड वाइड फिल्म अस्ट्रेलियन नेपाली फिल्मसको प्रस्तुति रहने फिल्म दाङ र काठमाडौंमा छायांकन हुनेछ।
फोटो: मिलन ढुङ्गाना