रोल्पा : मंसिर १० गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी रोल्पाका राजनीतिक दलले प्रचारात्मक अभियानलाई तीव्र बनाउँदै लगेका छन्।
प्रतिनिधि सभामा नेपाली कांग्रेसले जिल्ला पार्टी सभापतिसमेत रहेका सिँचाइ राज्यमन्त्री अमरसिं पुनलाई उम्मेदवार बनाएको छ भने वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका नेता वर्षमान पुन उम्मेदवार रहेका छन्।
प्रदेश सभामा नेपाली कांग्रेसबाट निर्वाचन क्षेत्र नं (क) मा शेरबहादुर महरा र (ख) मा खगेन्द्र हमाल प्रतिस्पर्धी बनेका छन् भने वाम गठबन्धनबाट निर्वाचन क्षेत्र नं (क) मा कुलबहादुर केसी र (ख) मा दीपेन्द्र पुन प्रतिस्पर्धी रहेका छन्। वाम गठबन्धनका दुवै उम्मेदवार नेकपा माओवादीका नेता रहेका छन्।
जिल्लामा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबीच मुख्य प्रतिष्पर्धा हुने बताइन्छ। दुई गठबन्धका साथै राष्ट्रिय जनमोर्चा, एकीकृत राप्रपा राष्ट्रवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल र मंगोलन नेशनल अर्गनाइजेशन नेपालका उम्मेदवार पनि प्रतिस्पर्धामा उत्रिएका छन्। रासस