PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

प्रमुख आयुक्त यादव पुगे आकस्मिक अनुगमनका लागि सिन्धुपाल्चोककाे चाैतारा



पहिलोपोस्ट

प्रमुख आयुक्त यादव पुगे आकस्मिक अनुगमनका लागि सिन्धुपाल्चोककाे चाैतारा

काठमाडौं : प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आज आकस्मिकरुपमा सिन्धुपाल्चोकको चौतारा पुगेर त्यहाँको जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालयको अनुगमन गरेका छन्। 

मंसिर १० गते हुने निर्वाचनको तयारी अवस्थाबारे जानकारी लिन चौतारा पुगेका प्रमुख आयुक्त यादवले जिल्ला निर्वाचन अधिकारी विजयकुमार कार्की, मुख्य निर्वाचन अधिकृत दीपक खनाल र प्रमुख जिल्ला अधिकारी आशमान तामाङसँग निर्वाचनको तयारी, सुरक्षा अवस्था, जनशक्ति व्यवस्थापन र मतदान सामग्रीलगायतका विषयमा जानकारी लिएका थिए। 

उनले जिल्ला प्रशासन कार्यालयमा उपस्थित भएका कर्मचारीहरूलाई निर्देशन दिँदै उम्मेदवारहरूलाई आचारसंहिता पालना गर्नका लागि प्रोत्साहित गर्न सुझाव दिए।

प्रमुख निर्वाचन आयुक्त यादवले मतपेटिका संकलन गर्दा होसियारी अपनाउन र कसैले प्रश्न उठाउने अवस्था नहोस् भन्नेतर्फ सजग रहन निर्देशन दिँदै राजनीतिक दल र उम्मेदवारहरूसँग राम्रो समन्वय र परामर्श गरी निर्वाचनको उपयुक्त वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell