PahiloPost

May 7, 2026 | २४ बैशाख २०८३

पूर्व राष्ट्रपति यादवको घरभाडा तिर्न भारु एक हजारको चेक!



पहिलोपोस्ट

पूर्व राष्ट्रपति यादवको घरभाडा तिर्न भारु एक हजारको चेक!

काठमाडौं : सरकारले पूर्व राष्ट्रपति डाक्टर रामवरण यादव बस्दै आएको घरको भाडा नतिरेर विवादित गर्न खोजेको भन्दै भारतमा बस्ने एक नेपालीले एक हजार रुपैयाँको चेक पठाएका छन्।

युनाइटेड मधेशिस्, नयाँ दिल्लीका पूर्व महासचिव उमेश कुमार साहले यादवको नाममा एक हजार भारतीय रुपैयाँको चेक पठाएका हुन्। भारतीय स्टेट बैंकको एक हजारको चेक यादवको खातामा जम्मा हुने गरी काटेका छन्।

पहिलोपोस्टसँग कुराकानी गर्दै साहले सरकारले प्रथम राष्ट्रपतिलाई घर भाडाको विवादबाट बदनाम गर्न खोजेकाले आफूले सांकेतिक सहयोग गरेको बताए। 

साहले मधेशी, थारु, जनजातिलाई पनि घर भाडा उठाएर सहयोग गर्न आह्वान गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell