PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

राप्रपाले कांग्रेसलाई सहयोग गर्न १४५ स्थानको उम्मेदवारी फिर्ता लियो



पहिलोपोस्ट

राप्रपाले कांग्रेसलाई सहयोग गर्न १४५ स्थानको उम्मेदवारी फिर्ता लियो

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशसभाको दोस्रो चरणको निर्वाचनमा नेपाली कांग्रेसलाई सहयोग गर्ने उद्देश्यले पार्टीकातर्फबाट परेको उम्मेदवारीमध्ये १४५ स्थानको उम्मेदवारी फिर्ता लिने निर्णय गरेको छ। 

पार्टी अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाको अध्यक्षतामा मंगलबार केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले काठमाडौँ, सल्यान र भक्तपुरको उम्मेदवारी कायम राख्ने निर्णय गरेको पार्टी प्रचार विभाग प्रमुख एवं प्रवक्ता सुशीलकुमार श्रेष्ठले जानकारी दिए। 

बैठकले आगामी मंसिरको पहिलो सातादेखि दोस्रो सातासम्म विराटनगर, वीरगञ्ज, धनगढी र पोखरामा चुनाव केन्द्रित आमसभा आयोजना गर्ने निर्णयसमेत गरेको छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell