PahiloPost

May 7, 2026 | २४ बैशाख २०८३

भियतनाममा आँधीबाट ६९ जनाको मृत्यु



पहिलोपोस्ट

भियतनाममा आँधीबाट ६९ जनाको मृत्यु

हनोई: भियतनाममा हालैको डाम्रोइ आँधीका कारण कम्तीमा पनि ६९ जनाको मृत्यु भएको छ। मध्य भियतनाम र मध्य पहाडी क्षेत्रमा भीषण आँधी आएको भियतनामको प्राकृतिक बिपद् नियन्त्रण तथा उद्धारसम्बन्धी केन्द्रीय परिचालन समितिले आइतबार जानकारी दिएको छ।

कडा हावाहुरीका कारण अरु दर्जनौँ व्यक्ति हराएका छन्। हराइरहेका व्यक्ति अहिले पनि खतराको अवस्थामै छन् वा मरिसके भन्ने बारेमा यकिन हुन नसकेको दैवी प्रकोप व्यवस्थापन अधिकारीहरुले जनाएका छन्।

आइतबार बिहानसम्म जारी सो आँधीबाट त्यहाँको भौतिक सम्पत्तिको पनि ठूलो क्षति पुगेको जनाइएको छ। आँधीले करिब एक हजार वटा घरमा पूर्ण रुपमा क्षति पुगेको छ। अरु ३९ हजार ७०० घरमा बढी मात्रामा नै क्षती पुर्‍याएको छ। त्यसैगरी करिब ४० हजार हेक्टर क्षेत्रफलमा रहेको बालीनाली पनि नष्ट भएको छ।

आँधीसँगै आएको बाढी र पहिरोले बिन्ह दिन्ह, फु येन, खान्ह होआ र क्वाङ नाममा गाडी गुड्ने बाटो र रेलयातायातमा क्षति पुर्‍याएको पनि अधिकारीहरुले जनाएका छन्। रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell