PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

नागढुङ्गा सुरुङमार्ग निर्माणको जग्गा अधिग्रहण प्रक्रिया सुरु,  सात वर्षभित्र तयार

नागढुङ्गा सुरुङमार्ग निर्माणको जग्गा अधिग्रहण प्रक्रिया सुरु, सात वर्षभित्र तयार

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ: आगमी सात वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको नागढुङगा नौविसे सुरुङमार्गको सडक निर्माणका लागि जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाइएको छ।

आयोजनाले सुरुङमार्गमा पर्ने जग्गा अधिग्रहणको सूचना बुधबार प्रकाशित गरेको छ। एक महिनाभित्र मुआब्जा दाबीका लागि कागजात पेश गर्न पनि आयोजनाले सूचित गरेको छ।

भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालयले सुरुङमार्ग अन्तर्गत पूर्वी सडक निर्माणका लागि जग्गा अधिग्रहणको सूचना निकालेको हो। जग्गा प्राप्ति ऐन २०३४ को दफा ९ अनुसार मन्त्रालयले जग्गा अधिग्रहण गर्न लागेको हो। आयोजनाले सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र मुआब्जा दाबी गर्नका लागि पनि सूचित गरेको छ।

मुआब्जा दाबीका लागि जग्गा भोगचलन गरेको प्रमाणसहित तोकिएको मितिमा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा निवेदन दिनु पर्नेछ ।

नेपाल सरकार, विभिन्न संगठित संस्था तथा व्यक्तिको नाममा रहेको जग्गा अधिग्रहणका लागि सूचना निकालेको हो। संस्था र व्यक्ति गरी ४३७ जग्गाधनीको जग्गा अधिग्रहण हुनेछ। 

यस्तो बन्नेछ सुरुङमार्ग
 



ट्रेन्डिङ पोस्ट

Ncell