PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

उर्जामन्त्रीको सल्लाहकारमा पुष्कर ढुंगेल नियुक्त



पहिलोपोस्ट

उर्जामन्त्रीको सल्लाहकारमा पुष्कर ढुंगेल नियुक्त

काठमाडौं: उपप्रधान एवं उर्जामन्त्री कमल थापाले उर्जा सल्लाहकारमा सिन्धुपाल्चोकका पुष्कर ढुंगेललाई नियुक्त गरेका छन्। इन्जिनियर ढुंगेल लामो समयदेखि उर्जा क्षेत्रमा क्रियाशील छन्।

३५ वर्षका ढुंगेलले हालसम्म १७ मेगावाट क्षमताको चारवटा जलविद्युत आयोजना सम्पन्न गर्न नेतृत्वदायी भूमिका खेलेका छन्।

उनी राप्रपाका केन्द्रीय सदस्य तथा उद्योग र आर्थिक विभागका संयोजक समेत हुन्। ढुंगेलका जलविद्युत सम्बन्धी लेख, रचना प्रकाशित छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell