PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

फिल्म ‘रोमियो’ले पायो युनिभर्सल सर्टिफिकेट



पहिलोपोस्ट

फिल्म ‘रोमियो’ले पायो युनिभर्सल सर्टिफिकेट

काठमाडौं : आगामी शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘रोमियो’ सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ। फिल्मका निर्माता एवंम् अभिनेता हसन राजाले फेसबुकमार्फत जानकारी दिएका हुन्।

केही समय यता नेपाली फिल्महरुले संवाद र दृश्यका कारण पिजी सर्टिफिकेट पाउँदै आएका थिए। तर युनिभर्सल सर्टिफिकेट पाएपछि रोमियो हेर्नका लागि भने जुन सुकै उमेर समुहकाले पनि पाउने भएका हुन्।

फिल्म 'रोमियो'लाई पहिलो मुस्लिम अभिनेता भनिएका हसनको खानले निर्माण गरेका हुन्। त्यस्तै फिल्ममा पहिलो मुस्लिम अभिनेत्री ओसिमा बानुले डेब्यु गर्दै छिन्।

फिल्ममा निशा अधिकारी, मेलिना मानन्धर, भानु प्रताप, बिकास खतिवडा, बिपेन गुरुङ लगायत कलाकारको मुख्य अभिनय रहेको छ। रोमियोलाई शंकर कार्कीले निर्देशन गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell