PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

पिउने रहर छ भन्दै नम्रता र किरण



पहिलोपोस्ट

पिउने रहर छ भन्दै नम्रता र किरण

काठमाडौं : चर्चित गजल गायक थानेश्वर गौतमको स्वरमा रहेको गीत ‘पिउने पनि रहर छ’को म्यूजिक भिडियो सार्वजनिक भएको छ। श्याम रेग्मीको शब्दमा तयार भएको गीतमा गायक गौतम स्वयंको स्वर र संगीत सुन्न सकिन्छ।

रोहित बस्नेतले कोरियोग्राफी गरेको उक्त भिडियोमा नायिका नम्रता श्रेष्ठ र मोडल किरण गुरुङ गीतको भिडियोमा फिचरिङ भएका छन् ।

सुरेश राउतको सम्पादन तथा रामेश्वर कार्कीको छायाँकन रहेको भिडियोलाई रोजल थापाले निर्देशन गरेका हुन्।

पछिल्लो समय देश तथा विदेशका कन्सर्टमा व्यस्त रहेका गायक गौतमले दर्शक/स्रोतालाई फरक स्वाद दिने उदेश्यले नयाँ गजल गीत लिएर आएको बताए।

यसअघि गौतमले ‘बिर्सिएर श्रृंगारमा गाजल लगाइनछौं’, ‘स्याङ्जा गएँ पाल्पा गएँ’, ‘सिन्दुर लाउने हौली माया’, ‘यहाँ यस्तै हुन्छ प्यारी’सँगै फिल्म ‘रामप्यारी’मा समावेश ‘छमछम ती पाउजुहरु बजाएर नाच’ बोलको गीतमा आवाज दिइसकेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell