
पोखरा : प्रतिनिधि सभाको लागि कास्की क्षेत्र नम्वर ३ बाट वामगठबन्धनका तर्फबाट उम्मेदवार बनेका जगत विश्वकर्माले प्रयोग गर्ने गाडी गए राति तोडफोड भएको छ।
उनले प्रयोग गरेको ग १ य ७२८ नम्बरको पर्यटक गाडी तोडफोड भएको हो। तोडफोडबाट गाडीको पछाडिको शिशा फुटेको छ।
पार्टीका नेता कार्यकर्ता सहित राति नौ बजे पोखराको न्यूरोडस्थित होटलमा बसेर खाना खान लागिरहेको अवस्थामा गाडी तोडफोड भएको उम्मेदवार विश्वकर्माले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले घटनाको पुष्टि गर्दै घटनाको बारेमा अनुसन्धान भइरहेको र कसैलाई पक्राउ नगरिएको जानकारी दिए।