
बेइजिङ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार चीन पुगेका छन्। उनी बुधबार अपरान्ह चीनको राजधानी बेइजिङ पुगेका हुन्।
चीनको राजकीय भ्रमणका क्रममा उनी आज दक्षिण कोरियाबाट चीन पुगेको हो। एसिया भ्रमणका क्रममा गत आइतबार जापान पुगेका थिए।
गत जनवरीमा ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक चीन भ्रमणमा आएका हुन्।
दुई हप्ताअघि मात्र चीनमा सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेशनपछि चीन भ्रमण गर्ने राष्ट्रपति ट्रम्प नै पहिलो विदेशी राष्ट्रपति हुन्।
उनको चीनमा तीन दिने राजकीय भ्रमण भएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन्। राष्ट्रपति ट्रम्प एसियाका पाँच देशमा १२ दिने औपचारिक भ्रमणमा रहेका छन्।रासस