PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

एएफसी यू-१९ क्वालिफायर : कुनै गोल नगरी बाहिरियो नेपाल, अन्तिम खेलमा ओमनसँग ५-० ले पराजित



पहिलोपोस्ट

एएफसी यू-१९ क्वालिफायर : कुनै गोल नगरी बाहिरियो नेपाल, अन्तिम खेलमा ओमनसँग ५-० ले पराजित
फोटो : एफएफकेआर

काठमाडौं : एएफसी यू-१९ च्याम्पियनसिप क्वालिफायरमा नेपाल लगातार चौथो खेल हार्दै बाहिरिएको छ। कीर्गिस्तानमा बुधबार भएको अन्तिम खेलमा नेपाल ओमानसँग ५-० ले पराजित भएको हो।

नियमित गोलकिपर कप्तान अर्पण कार्कीको स्थानमा ओमन विरुद्ध नेपालका लागि अर्का गोलकिपर सोजित गुरुङले कप्तानी गरेका थिए।

क्वालिफायरमा खेलेका चारवटै खेल हारेको नेपालले खेलमा गोल गर्न सकेन भने कूल १२ गोल खायो।

पहिलो खेलमा नेपाल आयोजक कीर्गिस्तानसँग २-० ले पराजित भएको थियो भने दोस्रो खेलमा बहराइनसँग ४-० ले हारेको थियो। अभिषेक रिजालले पेनाल्टी गुमाउँदा नेपाल तेस्रो खेलमा युएईसँग १-० को अन्तरले पराजित भयो।

लगातार तेस्रो हारपछि क्वालिफायरबाट औपचारिक रुपमा बाहिरिएको नेपालको लागि अन्तिम खेल प्रतिष्ठाको लडाईका रुपमा रहेको थियो। तर ओमानसँग पराजित भएपछि नेपाल अंक विहिन सहित गोल विहिन भएर घर फर्कने भएको हो।

गत महिना साफ यू-१८ च्याम्पियनसिपको उपाधि जित्दा भुटासँग पहिलो खेल हारेर पनि उत्कृष्ट पुनरागमन गर्दै बंगलादशे, माल्दिभ्स र भारतलाई हराएको नेपालले कीर्गिस्तानमा भने सोहि अनुसारको प्रदर्शन गर्न सकेन।

बुधबार बिस्केकस्थित डोलेन ओमरजाकोभ स्टेडियममा भएको खेलमा नेपाललाई पराजित गर्दै ७ अंक जोडेको ओनमा अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ।


३ खेलबाट अपराजित रहदै ९ अंक जोडेको युएई यसअघि नै समूह विजेताको रुपमा फाइनल राउण्डका लागि छनोट भइसकेको छ। ओमान विजयी भएपछि नेपालसँगै बयोजक कीर्गिस्तान पनि समूह चरणबाटै बाहिरिएको छ।

बुधबारै युएई र बहराइनबीच समूह ए को अन्तिम खेल हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell