PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

माझी बस्तीलाई श्वेता खड्काको फिल्म 'मेला' युनिटको सहयोग



पहिलोपोस्ट

माझी बस्तीलाई श्वेता खड्काको फिल्म 'मेला' युनिटको सहयोग

काठमाडौं: फिल्म 'मेला' युनिटले श्वेताश्री फाउन्डेशनलाई नगद रकम सहयोग गरेको छ। कार्तिक २४ गते रिलिज हुन लागेको फिल्मको तर्फबाट श्वेता खड्काको अगुवाईमा बनिरहेको एकिकृत माझी बस्तीलाई ५१ हजार आर्थिक सहयोग गरेको हो।

मेलाका निर्माता, लेखक तथा सहनिर्देशक हरी पन्तले नायिका खड्कालाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्। भने,'नेपाली फिल्म व्यवसायिक बनिरहँदा केही योगदान सामाजिक कार्यमा पनि पुर्‍याउन सक्नुले संतुष्टी दिन्छ।' उनको फिल्म मेला भारतमा रहेका नेपाली दर्शकका लागि पनि प्रदर्शन हुने भएको छ जसको इन्डिया डिस्ट्रिब्युशन राइट्स साउथ इन्डियन अभिनेता परदेशीले १० लाखमा किनेका हुन्। श्वेता खड्काले मेला युनिटलाई धन्यवाद व्यक्त गरिन्।

'फिल्मकर्मीले फिल्मकर्मीकै सहयोग गर्नु नेपाली फिल्म इन्डस्ट्रीले एकसाथ सामाजिक जिम्मेवारी पुरा गर्नु हो। यस्तो सहयोगले प्रोत्साहन दिन्छ।' 



मेलामा अशिष्मा नकर्मी, आमेश भण्डारी, सलोन बस्नेत र निरज श्रेष्ठको मुख्य अभिनय रहेको छ। बसन्त निरौलाको पाँचौ निर्देशन रहेको फिल्मलाई हरि पन्तले लेखन तथा निर्माण गरेका हुन्। फिल्मलाई मनोज मरोडियाले पनि संयुक्त रुपमा निर्माण गरेका हुन्। फिल्मका लागि संगीतकार अर्जुन पोखरेल, कोरियोग्राफर पबित्रा आचार्य हुन् भने अष्ट महर्जनको द्वन्द्व र साहिल खान र मिलन श्रेष्ठको रहेको छ। फिल्म कार्तिक २४ गतेबाट प्रदर्शनमा आउँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell